Indigenous Name of Mt. Everest
विश्वको सर्बोच्च शिखरको स्थानिय नामः 'चोमोलुङमा' अजितमान तामाङ tamang.ajitman@gmail.com विश्वको मानचित्रमा नेपाललाई महामानव एशियाको ज्योती भगवान शिद्धार्थ गौतम बुद्धको जन्मभूमि र विश्वकै सर्बोच्च शिखर 'चोमोलुङमा' अर्थात उर्फ सागरमाथा भएको भूमि वा देशको रुपमा चिनिन्छ। चोमोलुङमाको उत्तरी मोहडा पिट्ट पनि मित्र राष्ट्र चीनमा चीनिया तिब्बती भाषामा 'चोमोलुङमा'नामबाटै यो विश्वको सर्वोच्च शिखरलाई पुकारिन्छ। यहाँको आदिवासीहरुको भूक्षेत्रहरुमा रहेको प्राकृतिक सम्पदा, बन, बन्यजन्तु, जडीबुटी, पहाड, नदिनाला, तालतलैया, झरनाहरु, धार्मिक तथा सांस्कृतिक स्थलहरुको महत्व, उयोगिता, नाम र ऐतिहासिकता आदिका बारेमा स्थानीय आदिवासी जनजातिका भाषाहरुमा हजारौं वर्षदेखि मौखिक रुपमा भएपनि संरक्षित भइआएको पाइन्छ। नेपालबाट विदेश समुन्द्रपार जाने प्रत्येक नेपालीले आफ्नो चिनारी दिंदा प्रायः आफूलाई विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र सुन्दर हिमालय एवं विश्वको सबैभन्दा आग्लो टाकुरो वा चुचुरो (Mt. Everest) भएको देशबाट आएको भनेर गर्वका साथ चिनाउय्.त्र्ने गरिन्छ। चोमोलु...