ताम्सालीङ संघीय राज्य भित्रका आर्थिक श्रोतका मुख्य प्राकृतिक सम्पदाहरूः एक लघुअध्ययन अजितमान तामाङ १. विषय प्रवेशः नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो । त्यसकारण नेपाल बहु–राष्ट्रिय मुलुक हो यो एक मात्र जाति, भाषा, संस्कृतिको देस होइन । नेपालमा धेरै मानव समुदायहरू बसोबास गर्छन् । जसमा नेपाल सरकारले ५९ जातिहरूलाई आदिवासी जनजातिको सूचीमा सुचीकृत गरेको थियो भने छुटेकाहरू थप सुचीकृत हुने प्रकृयामा रहेको छ । नेपालमा तामाङ, नेवार, मगर, थारू, राइ, लिम्बू लगायतको राष्ट्रहरूको मौलिक प्राचीन संघीय राज्यहरू थिए । उनीहरूको निश्चित भूगोलक्षेत्र भित्र एउटा साझा भाषा, रीतिरिवाज, नियमन, संस्कारहरू तथा आर्थिक प्रणाली तथा प्राकृतिक श्रोतहरूको मौलिक व्यवस्थापन तथा उत्पादन परिचालनका विधिहरू मौलिक सीप, कला कौसलहरु अर्थात् आदिवासी ज्ञानले युक्त राष्ट्र (Nation) हो । त्यसकारण तामाङ, गुरुङ, मगर, थारू, लिम्बू तथा खम्बु आदि जातिहरू जात या गोत्र भन्दा विकसित मानव समुदाय अलग राष्ट्र अर्थात् जातिहरू हुन । यी जातिहरू भनेकै राष्ट्र हो । यी जातिहरु वा राष्ट्रहरु हिन्दू वर...
Posts
Showing posts from September, 2009