ताम्सालीङ संघीय राज्य भित्रका आर्थिक श्रोतका मुख्य प्राकृतिक सम्पदाहरूः एक लघुअध्ययन
अजितमान तामाङ
१. विषय प्रवेशः
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो । त्यसकारण नेपाल बहु–राष्ट्रिय मुलुक हो यो एक मात्र जाति, भाषा, संस्कृतिको देस होइन । नेपालमा धेरै मानव समुदायहरू बसोबास गर्छन् । जसमा नेपाल सरकारले ५९ जातिहरूलाई आदिवासी जनजातिको सूचीमा सुचीकृत गरेको थियो भने छुटेकाहरू थप सुचीकृत हुने प्रकृयामा रहेको छ ।
नेपालमा तामाङ, नेवार, मगर, थारू, राइ, लिम्बू लगायतको राष्ट्रहरूको मौलिक प्राचीन संघीय राज्यहरू थिए । उनीहरूको निश्चित भूगोलक्षेत्र भित्र एउटा साझा भाषा, रीतिरिवाज, नियमन, संस्कारहरू तथा आर्थिक प्रणाली तथा प्राकृतिक श्रोतहरूको मौलिक व्यवस्थापन तथा उत्पादन परिचालनका विधिहरू मौलिक सीप, कला कौसलहरु अर्थात् आदिवासी ज्ञानले युक्त राष्ट्र (Nation) हो । त्यसकारण तामाङ, गुरुङ, मगर, थारू, लिम्बू तथा खम्बु आदि जातिहरू जात या गोत्र भन्दा विकसित मानव समुदाय अलग राष्ट्र अर्थात् जातिहरू हुन । यी जातिहरू भनेकै राष्ट्र हो ।
यी जातिहरु वा राष्ट्रहरु हिन्दू वर्णश्रम अन्र्तगतका जात या जातीहरु होइन र यीनीहरु बाइसी चौबीसे भुरे टाकुरे सामन्ती राजा रौजौटाहरुको राज्यहरु पनि होइन । यी राष्ट्रहरुको मौलिक संघिय गणतन्त्रात्मक संरचना युक्त राष्ट्रहरु हुन । जसमा नेवारहरुको नेपाल मन्डल, तामाङहरुको ताम्सालीङमा बाह्र गोरस्याङ, बाह्र लच्याङ, बाह्र तीमाल, बाह्र तामाङ गणको व्यवस्था भएको संघ राष्ट्र थियो । यसरी नै थारुहरुको सौराठ अर्थात् सभा, मगरको बाह्र मगरात, अठ्ठार मगरात, लिम्बूका दस लिम्बूवान अलग जनपदी संरचनाका सङ्घ राष्ट्रहरु थियो ।
यही जाति वा राष्ट्रहरूले संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना गर्दा एउटा सैद्धान्तिक आधार राष्ट्र वा जातिको एउटा वैज्ञानिक सैद्धान्तिक आधारमा संघीय गणतन्त्र नेपालको संघीय राज्यहरू निर्माण गरिनु पर्ने माग सहित नेपालमा राष्ट्रिय मुक्ति(जातीय मुक्ति) आन्दोलनमा लामबद्ध भइ आएको हो । संविधान सभाको चुनावमा पनि तत्कालीन नेकपा(माओवादी) लगायत राजनीतिक दलहरूले प्राचीन जातीय सङ्घ राष्ट्रहरूको मुक्ति आन्दोलन सँग एकाकार गर्दै आफ्नो घोषणापत्रमा जाति अर्थात् राष्ट्र, भाषा, उपेक्षित तथा पिछडिएको क्षेत्र आदिका आधारमा राज्यको पुनर्संरचना गर्ने कुरा समावेश गरेका थिए । जस अनुसार संविधान सभामा नेपालको ४० प्रतिशत जनताले मत समेत हाले । यसले पनि नेपालमा संघीय नेपालको राज्यको पुनर्संरचना गर्दा तामाङ राष्ट्रको ताम्सालीङ, नेवारको नेपाल मण्डल, गुरुङको तमुवान, मगरको मगरात, थारूको थरूहट(थारूवान), खम्बुहरूको खम्बुवान, लिम्बूहरूको लिम्बुवान, कोचीला तथा भाषिक आधारमा पनि अवधिको अवध, भोजपुरा, मैथिलको मिथिला आदी लगायत राज्यहरूको निर्माण गर्नु अत्यन्त वैज्ञानिक हुने छ । तसर्थ तामाङ जाति अर्थात् राष्ट्रको ऐतिहासिक तथा वर्तमान भूक्षेत्र जहाँ बृहत्तर जनसंख्या रहेको तामाङ जनसमुदायको सारुा भाषा, धर्म, मौलिक संस्कृति तथा प्राकृतिक श्रोत परिचालन तथा उत्पादनको गर्ने मौलिक कला, सीप तथा उत्पादनका विधि आदिवासी ज्ञानले सम्पन्न भएको हुनाले तामाङ समुदाय कुनै एउटा गोत्र वा वंश होइन तामाङ जाति अर्थात् राष्ट्र हो । त्यसकारण तामाङ जातिको “ताम्सालीङ“ संघीय नेपालको एउटा सङ्घ राज्य बनाउने कुरा वैज्ञानिक हो । यसको अर्थ नेपाललाई ससानो अलग सार्वभौम देसको रूपमा ताम्सालीङ लगायतको जातीय गणराज्य भन्न खोजेको होइन, नेपालकै एउटा स्वायत्त स्वशासित क्षेत्र गणराज्यको अधिकारको कुरो मात्र हो । त्यसैले यहाँ ताम्सालीङ भूक्षेत्र भित्रको प्राकृतिक श्रोत साधन तथा तिनको उपयोगिताका सम्बन्धमा बृहत्तर र सूक्ष्म रूपमा अध्ययन हुनु अत्यन्त जरुरी छ । राज्य पुनर्संरचना पछिको संघीय नेपालको ताम्सालीङ राज्य भित्रका सबै खाले आर्थिक श्रोतका आधार मुख्य रूपमा प्राकृतिक सम्पदाहरू नै भएकाले यहाँ ताम्सालीङ भित्रको प्राकृतिक सम्पदाहरूको सम्बन्धमा उजागर गर्ने उद्देश्यले यो लघु अध्ययन गरिएको छ ।
२. ताम्सालीङ राज्यका प्राकृतिक स्रोत तथा साधनहरूः
ताम्सालीङ राज्य भित्र रहेको प्राकृतिक श्रोत तथा साधनहरू यस राज्यलाई स्वावलम्बी आर्थिक व्यवस्थापन गर्न पर्याप्त भएको कुरा अध्ययनले देखाएको छ । ताम्सालीङले आफू आर्थिक रूपमा स्वावलम्बी भई अन्य राज्यहरूलाई पनि सघाउन सक्ने प्रशस्त आधारहरू समेत भेटिएको छ । यहाँको खानी तथा खनिज जन्य बस्तुहरू, जल श्रोतका नदि नाला, ताल तथा झरनाहरू, बन, बन पैदावार, वन्य जन्तु, हिमालय पर्वत शृङ्खला, लेकका खर्कहरू, पहाडका बेँसीका उर्वर भूमिहरू, नदी किनारका टारहरू, दून प्रदेश तथा भित्री मदेसका खेतीयोग्य भूमिहरू आदि प्राकृतिक सम्पदा तथा संसाधनहरू ताम्सालीङ राज्यले आय आर्जन गर्ने आधार हुन् । ताम्सालीङ भित्र यस्तो औद्योगिक विकास तथा आर्थिक विकासमा टेवा दिने प्राकृतिक सम्पदाहरू प्रशस्त रहेको छ । जसलाई देहाय अनुसार प्रस्तुत गरिएको छ ।
२.१. जल सम्पदा (नदि नाला, ताल, झरना):
ताम्सालीङ राज्य भित्र पर्याप्त मात्रमा हिमनदीका स्रोत भएका नदी तथा खोला खोल्सीहरूमा आधारित स्थायी नदीहरू रहेका छन् । त्यसै गरी प्रसिद्ध हिमताल तथा धर्मिक कुण्डतालहरू तथा प्राकृतिक सौंदर्यका अनुपम मनोरम झरनाहरू पनि छन् । जसको उचित संरक्षण तथा प्रबर्द्बन गरेर अनेकन प्रकारले राज्यको अर्थ तन्त्रमा सघाउ पुग्ने उद्योगहरू सञ्चालन गर्न सकिने छ ।
नदीनालाहरूबाट मात्र हजारौं मेगावाट क्षमताको विद्युुत उत्पादन गर्न सक्ने क्षमता राख्दछ । ताम्सालीङ क्षेत्रमा आज पनि २०० मेगावाट भन्दा बढि विजुलीको व्यवसायिक उत्पादन भइ राखेको छ । तसर्थ ताम्सालीङमा यस क्षेत्रको प्राकृतिक जल सम्पदाबाट विद्युत ऊर्जा उत्पादन गरी राज्यको आयको मुख्य श्रोत बनाउन सकिने ठूलो सम्भावना छ ।
सयौंको संख्यामा रहेको नदीहरूमा ¥याप्mटीङ, बोटीङ जस्ता जलकृडा व्यवसायहरू सञ्चालन गरेर जनतालाई रोजगारीको अवसर दिइ आएका छन् । यसलाई अरु बृद्धि गर्न सकिने आधारहरू छ ।
भने यसरी नै नदी तथा खोलाहरूको जल साधनलाई उपयोग गरेर मत्स्यपालन व्यवसाय गर्न सकिने थुप्रै सम्भाबनाहरू रहेको छ । ताम्सालीङका नुवाकोटका ककनी, मदानपुर लगायतका क्षेत्रहरूमा रहेका खोल्चीहरूबाट प्राप्त ठण्डी पानीका श्रोतहरूमा विशेष प्रकारको बहुमूल्य ट्राउट माच्छा पालनले व्यवसायिक सफलता प्राप्त भइसकेको हुनाले यो व्यवसायलाई ताम्सालीङको सम्पूर्ण क्षेत्रमा बढाउन सकिने सम्भावना देखिन्छ ।
यसै गरी ताम्सालीङ भित्र रहेका ताल तथा कुण्ड, मनोरम झरनाहरू बाह्य तथा आन्तरिक पर्यटन उद्योगका प्रवद्र्धन गरी आय आर्जन गरी रहेका छ । रसुवाको गोसाई कुण्ड, सिन्धुपालचोकको पाँच पोखरी, तातो पानीका फोहराहरू आज भोलि पनि आन्तरिक पर्यटकको गन्तव्यका रूपमा प्रसिद्ध छ ।
२.२. लेकका खर्क घाँसे मैदान, बन तथा बन जन्य श्रोत तथा सम्पदाहरूः
ताम्सालीङ भूक्षेत्र भित्र प्राकृतिक सम्पदाका मुख्य पक्ष बन जङ्गल मासिँदै गएको भएपनि बन क्षेत्र अझै पूर्ण रूपमा मासिएको छैन । त्यसैले यहाँको बन तथा समग्र बनजन्य सम्पदाहरूको संरक्षणका लागि सरकारले लामटाङ राष्ट्रिय निकुञ्ज, शिवपुरी जलाधार संरक्षण क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जहरू स्थापना गरेका छन् । यहाँ हिमालय उच्च पहाडी हिम शृङ्खला देखि मध्य पहाड, महाभारत, चुरेपहाडको दून र भित्री मदेससम्मको जलवायुमा पाइने सबै प्रकारका वनस्पति र बनजन्य जीव जन्तुहरू ताम्सालीङ भूक्षेत्रमा पाइन्छ । जसमा अत्यन्त महत्वपूर्ण बहुमूल्य जडीबुटीहरू यार्चा गुम्बा, कुट्की, पाँचऔले, नीरमसी, जटामसी, चिराइतो, पदमचाल आदि र विश्व मै दुर्लभ मानिएका जीव जन्तुहरू लामटाङका रातो पान्डा, हिमचितुवा, चितवनका हात्ती, गैडा, अर्ना आदि पाइन्छ । तसर्थ ताम्सालीङ क्षेत्रले जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्व राख्छ । यहाँका यस्तो बनपैदावरहरूको वैज्ञानिक विधिद्वारा उचित व्यवस्थापन र उपयोग गर्न सकेमा वातावरणीय सन्तुलन कायम गराउनुको साथै यी बनपैदावर जन्य उद्योग व्यवसायको विकास गरी आय आर्जनको श्रोतको रूपमा परिचालन गर्न सकिने थुप्रै सम्भावनाहरू रहेको छ । यी प्राकृतिक रूपमा पाइने बन पैदावारहरूको व्यवस्थापनका मौलिक आदिवासी ज्ञान, कला र सीप तथा प्रविधि पनि ताम्सालीङमा पाइन्छ । विशेष प्रकारको बोटको लोक्ताबाट हाते कागत उत्पादन गर्ने विधि र प्रविधि, अल्लो, भाङ्ग्रो आदिको रेसाहरूबाट लुगा बुत्रे, बाँस, बेत, निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो उत्पादन गर्ने र विभित्र प्रकारका सजावट तथा अन्य आवश्यक वस्तुहरूको व्यवसायीकी उत्पादन गरी बिक्री वितरण समेत गरी आएको छ ।
त्यसै गरी उच्च पहाडी क्षेत्रको लेकका घाँसे मैदान र खर्कहरूमा प्राचीन काल देखि आजसम्म पनि भेडा, बाख्रो, च्याङ्ग्रो पालनलाई व्यवसायीकी रूपमा अझ व्यापक गर्न सकीने सम्भावना छ । किन भने हाम्रो यस क्षेत्रमा हीमवत खन्डको नाममा दुइ हजार वर्ष पहिले नै कौटिल्यको अर्थशास्त्रमा समेत उल्लेख भएको हिमवत खण्डका उत्कृष्ट उनी कपडाहरूको वर्णनले पुष्टि गर्छ । आज पनि ताम्सालीङ क्षेत्रका खर्क तथा लेकाली घाँसे मैदानहरूमा भेडा, बाख्रा, याक, पाल्ने तथा छाला तथा उनबाट उत्पादन हुने राडी, पाखी, स्योल्दो, बख्खु, सुरकाअी, स्योदे, पाङदे आदी उनी कपडाहरू नेपाल मै उत्कृष्ट मध्ये पर्छ ।
२.३. खानी तथा खनिज सम्पदा:
संघीय गणतान्त्रिक नेपालको ताम्सालीङ राज्य क्षेत्रमा खनिज जन्य वस्तुहरूको खानीहरू उद्योगहरू सञ्चालन भएको पाइन्छ । जसमा फलाम, तामा, गन्धक, चुन ढुङ्गा, खरी ढुङ्गा, बालुवा, स्लेट ढुङ्गा आदि परम्परागत खानी उद्योग हुन् । भने राष्ट्रिय स्तरको ’गणेश हिमाल सिसा जस्ता खानी’, सिन्धुपलान्चोकका खरी ढुङ्गा उद्योग, हेटौँडा सिमेन्ट उद्योग, हजारौं संख्यामा ललितपुर, धादिङ, मकवानपुर, सिन्धुली आदी स्थानहरूमा रहेको बालुवा प्रशोधन उद्योग, ढुङ्गाका रोडा, गिट्टी उत्पादन गर्ने व्रmसर उद्योगहरू ताम्सालीङ क्षेत्रको महत्वपूर्ण खनिज जन्य प्राकृतिक सम्पदामा आधारित खानी जन्य उद्योगहरू हुन् । हाल आर्थिक परिचालनको अभावमा राष्ट्रिय स्तरको ‘गणेश हिमाल सिसा तथा जस्ता’ खानी बन्द भएका छन् । त्यसै गरी ताम्सालीङ क्षेत्रमा मार्बल तथा बिल्लोर क्रिस्टल ढुङ्गाका खानीहरूको पनि ठूलो सम्भावना छ । अहिले पनि विभित्र प्रकारका रङ्ग विरङ्गका क्रिस्टल ढुंगाहरू र मार्बल ढुङ्गा धादिङका बपिल, लाराङलुरूङ हिमालका फेदी आसपास प्रशस्त पाइन्छ ।
२.४. ताम्सालीङका उर्वर भूमि टार, दून तथा बेँसीहरूः
ताम्सालीङ क्षेत्रको लेकका खर्कहरू, पहाडी बेसीका फाँट, नदि तथा खोलाका किनार, टारहरू, मदेस तथा भित्रि मदेस, चुरेका दूनहरू जस्ता अत्यन्त उर्वर भूमिहरू हुन् । धादिङका सल्यान्टार, नुवाकोटका तादी खोला फाँट, मकवानपुरका दून, सिन्धुली कमलामाई लगायत माडीका फाँटहरू, रामेछाप मन्थलीका फाँटहरू आदि ताम्सालीङका उर्वर भूमिहरूबाट खाद्यात्रको महत्वपूर्ण अंश आलु, धान, मकै, गहुँ, मास, मुसुरो दाल, भटमास, बोडी, सिमी लगायत विभित्र तरकारी जन्य तथा तोरी, उखु, अदुवा, अलैँची, कफी, सुन्तला, जुनार जस्ता फलफूल तथा नगदे बालीहरूको परम्परागत रूपमा उत्पादन भइ आएको छ । तसर्थ ताम्सालीङ क्षेत्रको उर्वर भूमिहरूमा आधुनिक पद्दतिबाट खेती गर्ने हो भने ताम्सालीङ क्षेत्रका निम्ति मात्र नभएर नेपाल कै खाद्यान्न उत्पादनको एउटा विशिष्ट क्षेत्रको रूपमा स्थापित गर्न सकिने प्रबल सम्भावना रहेको कुरा अध्ययनले देखाएको छ ।
२.५. हिमालय पर्वत, मनोरम गन्तव्यका प्राकृतिक स्थान तथा गुफाहरू:
ताम्सालीङ क्षेत्रको अर्को महत्वपूर्ण मनोरम प्राकृतिक तथा सांस्कृतिक गन्तव्य स्थानहरू र प्राकृतिक सम्पदा हिमालय पर्वत शृङ्खलाहरू हो । मुख्य हिमालय पर्वत शृङ्खलाहरूमा बपिल, लारी, लाराङलुरूङ, दोर्जेलेक्पा, दामोदर, गौरी शङ्कर आदि ताम्सालीङका उल्लेख गर्न योग्य प्राकृतिक वरदान रमणिय उच्च हिमालय पर्वत शृङ्खलाहरू हुन् ।
भौगोलिक तथा सांस्कृतिक रूपमा प्राकृतिक दृष्यावलोकन पदयात्राका गन्तव्यको रूपमा नेपाल सरकार टुरिज्म बोर्डले निर्धारण गरेको रसुवाका लामटाङ क्षेत्रको एक हप्ते ट्रेकिङ गन्तव्य “तामाङ हेरिटेज ट्रेल, गोसाइकुन्ड, दोलखाको कालिन्चोक, मकवानपुरको दामन, पालुङ, दोलखा, रामेछाप, सिन्धुपालचोकका सैलुङ, पाँच पोखरी, रसुवा, नुवाकोट, धादीङका सिङल्हा, फीकुरी र बुङताङको सेरकाङ (गुफा), कारकानी(ककनी) आदी ताम्सालीङका महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थानहरू हुन् । यी प्राकृतिक मनोरम स्थानहरूमा पर्यटकीय गन्तव्य स्थानको रूपमा थप विकास गरेर सो स्थानहरूबाट गन्तव्य दस्तुर र होटेल व्यवसाय सञ्चालनबाट राजस्व संकलन तथा स्थानीय स्तरमा नै रोजगारी सृजना गर्न सकिने पर्याप्त आधारहरू छ ।
३. निष्कर्षः
ताम्सालीङ क्षेत्र भित्र यो राज्यको निमित्त पर्याप्त मात्रामा आवश्यक प्राकृतिक सम्पदा तथा उत्पादनका संसाधनहरू रहेको कुरा यस लघुध्ययनले पुष्टि गरेको छ । जनताको संघीय लोकतान्त्रीक राष्ट्रिय गणतन्त्र नेपालको ताम्सालीङ गणराज्यमा भएका सबै प्रकारका प्राकृतिक सम्पदाहरूको वैज्ञानिक एवं उचित व्यवस्थापन तथा उपयोग गरेमा खाद्यात्र, ऊर्जामा आत्म निर्भर भइ औद्योगिक तथा आर्थिक विकास हुने कुरामा कसैको दुइ मत रहने छैन । संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना जाति, भाषा, उपेक्षित क्षेत्रहरू जस्ता वैज्ञानिक तथा सैद्धान्तिक आधारमा गर्ने र यहाँको प्राकृतिक श्रोत, जमिन, जङ्गल, जल सम्पदा माथिको स्थानीय जनताको अग्राधिकार सम्बन्धी अन्तरराष्ट्रिय सन्धि आ.इ.एल.ओ. महासन्धी १६९ ले व्यवस्था गरे अनुसार नै प्राकृतिक सम्पदा तथा उत्पादनका साधनहरूको उचित ढङ्गले बाँडफाँड हुने व्यवस्था संविधानमा नै गरिनु पर्छ । जसले ताम्सालीङका जनतालाई साँच्चै नै संवृद्ध र सम्पन्न बनाउने छ । साथै यो राज्यले आफू आत्मनिर्भर भइ अन्य गणराज्यहरूलाई समेत टेवा पुर्याउनुको साथै सघाउ पुर्याउनु सक्नेछ । त्यसकारण ताम्सालीङ राज्यलाई आर्थिक दृष्टिकोणबाट आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यक उत्पादनका प्राकृतिक श्रोत तथा साधनहरूको बारेमा अरु थप सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न आवश्यक छ । किन भने ताम्सालीङ राज्य खाद्यान्न तथा उद्योग, कल कारखाना स्थापना गर्न आवश्यक ऊर्जाका लागि आजैको अवस्थामा पनि आत्मनिर्भर छ । त्यसकारण संघीय गणतन्त्र नेपालको ताम्सालीङ गणराज्यको भूगोल भित्रका प्राकृतिक सम्पदा तथा संसाधनहरूले ताम्सालीङ गणराज्य सञ्चालन गर्न आयको श्रोतको मुख्य भूमिका निर्वाह गर्न सक्नेछ ।
। थुजेछे । धन्यवाद ।
पत्राचारका लागि सम्पर्कः
पोष्ट बक्स नं.१९५५९,
काठमान्डौ, नेपाल

Comments
Post a Comment